Global Force Media

२०८१ बैशाख ८ - Sat Apr, 2024 -

बाराक ओबामाले जिते एम्मी अवार्ड

काठमाडौँ । फिल्म, डकुमेन्ट्री तथा टेलिभिजनका कलाकार तथा प्राविधिकलाई प्रदान गरिने एम्मी अवार्ड अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले जितेका छन् । उनले शनिबार सम्पन्न समारोहमा नेटफ्लिक्सको सिरिजका लागि गरेको भ्वाइस ओभरका लागि एम्मी जितेका हुन् ।

बाराक ओबामाकै निर्माण कम्पनी ‘हाइअर ग्राउन्ड’ले निर्माण गरेको डकुमेन्ट्री ‘आवर ग्रेट नेसनल पार्क’मा गरेको भ्वाइस ओभरका लागि ओबामालाई उत्कृष्ट ठहराइएको हो ।

यसरी एम्मी जित्ने ओबामा दोस्रो राष्ट्रपति हुन् । यसअघि सन् १९५६ मा ड्वाइट डी इसनआवरले यो एम्मी जितेका थिए । बाराक ओबामाले भने यसअघि पनि एम्मी घर लग्ने मौका पाइसकेका छन् । आफ्नै आत्मकथा ‘अडासिटी अफ होप’लाई अडियो बुकमा रुपान्तरण गर्दा आफ्नो आवाज दिएका थिए । उनले उसबेला दिएको आवाजले पनि एम्मी जितेको थियो ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np