Global Force Media

२०८१ बैशाख १४ - Fri Apr, 2024 -

भारतीय सेनाध्यक्ष पाण्डे आज प्रधानमन्त्रीसँग भेट्दै, त्यसअघि माउन्टेन फ्लाइट गर्ने

काठमाडौं । भारतीय स्थल सेनाध्याक्ष जनरल मनोज पाण्डेले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्दैछन् । अपराह्न ३ बजे प्रधानमन्त्री देउवासँग उनले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

पाँच दिने भ्रमणका क्रममा पाण्डेले त्यसअघि आज बिहान माउन्टेन फ्लाइट गर्ने कार्यक्रम रहेको छ । उनले शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्ने कार्यक्रम छ ।

आज साँझ उनी पशुपतिनाथको दर्शनमा जाने कार्यक्रम छ । पाण्डेलाई हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी थिइन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np