Global Force Media

२०८१ बैशाख १४ - Fri Apr, 2024 -

सिट बाँडफाँट समयमा नै हुन्छ : बाबुराम भट्टराई

अत्तरिया । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सिट बाँडफाँटका कारण गठबन्धनमा कुनै समस्या नआउने बताएका छन् ।

पार्टीको प्रदेशस्तरीय प्रशिक्षणका लागि धनगढी पुगेका नेता भट्टराईले धेरै दल भएका कारण गठबन्धनमा सिट बाँडफाँट गर्न ढिलाइ भए पनि समस्या नआउने बताए ।

सत्ता गठबन्धनमा धेरै दल भएका कारण आ–आफ्नो दाबी रहँदा समयमै सिट बाँडफाँट हुन नसके पनि अन्त्यमा सबैको सहमतिमै बाँडफाँट हुने उनको भनाइ थियो ।

अहिलेको गठबन्धन प्रतिगमनकारीका विरुद्ध भएका कारण मिलेर जानुको विकल्प नरहेको उनले बताए । निर्वाचनमा एक्लै लडे कसैको पनि बहुमत आउन नसक्ने भएकाले गठबन्धन गरेर निर्वाचनमा जानुपरेको उनको भनाइ थियो ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np