Global Force Media

२०८१ बैशाख १५ - Sat Apr, 2024 -

गलत समयमा विधेयक ल्याएको भन्दै गगन थापाको कटाक्ष

नेपाली कांग्रेस महामन्त्री गगन थापाले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालबारे सरकारले ल्याएको विधेयकबारे स्पष्ट जानकारी राख्न नसक्दा संसदप्रति सही धारणा नबनेको बताएका छन् । मंगलबार केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ को दफावार छलफलका क्रममा थापाले सही समयमा विधेयक नल्याएकाले विधेयकमार्फत गर्न खोजिएको व्यवस्थाबारे स्पष्ट पार्न नसकिएको बताए ।

‘विधेयक प्रस्तुत गर्ने पक्षले जसरी प्रस्तुत गर्नुपर्थ्यो, जसरी विचार निर्माण गर्नुपर्थ्यो त्यो गर्न नसक्दा आज कसरी प्रस्तुत भएको छ बाहिर रु मानौं हामी एक–दुई महिनाको पारिश्रमिक र सेवासुविधाका निम्ती सबै मरिहत्ते गरिरहेका छौं’, थापाले जनमानसले गरेको प्रश्न उधृत गर्दै भने, ‘यो हामी सबैको सर्वाधिक महत्त्वको कुरा हो ।’

थापाले कोही पारिश्रमिक लिने पक्षमा रहेको र कोही पारिश्रमिक नलिने पक्षमा रहेको भन्दै तर सवै एकदुई महिनाको पारिश्रमिक लिनका लागि मरिहत्ते गरिरहेका छन् भन्ने अर्थमा बुझिएको बताए । उनले संसद्को कार्यकाल सम्बन्धमा सरकार र प्रतिपक्ष भएर सांसद प्रस्तुत हुन नहुने बताए । ‘कहिलेकाँही संसद्को प्रतिष्ठाको लागि हामी एकठाउँ उभिनुपर्छ । हामी उभिएनौँ भने त्यसको दाग हामी सबैलाई लाग्छ’, थापाको भनाइ छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np