Global Force Media

२०८२ फाल्गुन २६ - Tue Mar, 2026 -

प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचनको व्यवस्थापन र कर्मचारी खटनपटनका सबै काम सम्पन्न

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचनको व्यवस्थापन र कर्मचारी खटनपटनका सबै काम सम्पन्न भएको छ ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि निर्वाचनको व्यवस्थापन र कर्मचारी खटनपटनका सबै काम सम्पन्न भइसकेको जानकारी दिए ।

उनका अनुसार मतदान अधिकृतहरु मतदान केन्द्र र स्थलमा गइसकेका छन् । मतदानको प्रक्रियाका लागि आवश्यक सामग्रीहरू पनि पुगिसकेका छन् ।

निर्वाचनका लागि आयोगले ४ फागुनदेखि १८ फागुन सोमबार सम्मका लागि निर्वाचन प्रचारप्रसारको समय निर्धारण गरेको थियो । आज राति १२ बजेदेखि मौन अवधि सुरु हुन्छ । यो मतदानको प्रक्रिया सुरु भएर सम्पन्न नभएसम्म कायम रहन्छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np