Global Force Media

२०८१ बैशाख १४ - Fri Apr, 2024 -

रुपन्देही विकासमा अगाडि : एमाले उपाध्यक्ष पौडेल

रुपन्देही । पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही विकासमा निकै अगाडि रहेको बताएका छन् ।
बुटवलको कालिका मानवज्ञान माविमा आज आयोजित कानुन विद्यार्थी समाजको पद हस्तान्तरण कार्यक्रममा उनले भौतिक र पूर्वाधार विकासका हिसाबले रुपन्देही नमूना बनेको उल्लेख गरे ।

अरुले कल्पना नगरेको विकासको सुरुआत भएको दाबी गर्दै मुलुकको शैक्षिक केन्द्रका रूपमा समेत रुपन्देहीलाई अगाडि बढाउने गरी काम भइरहेको उनले बताए । शैक्षिक विकासमा कालिका मानवज्ञानको योगदान उच्च रहेको जनाउँदै उनले यसले मुलुकमै उत्कृष्ट पहिचान बनाउन सफल भएको उल्लेख गरे ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np