Global Force Media

२०८१ बैशाख ८ - Sat Apr, 2024 -

राष्ट्रपतिको कदम संविधानको उल्लंघन होइन : तामाङ

काठमाडौँ । नेकपा एमालेका नेता शेरबहादुर तामाङले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उल्लंघन नगरेको बताएका छन् ।

बुधबार रिपोर्टर्स क्लबले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपतिले कुनै असंवैधानिक कदम नचालेको र संविधानको भावनाअनुसार नै अघि बढेको बताएका हुन् । उनले राष्ट्रको अभिभावकत्व र संविधानको संरक्षकत्व राष्ट्रपतिले लिएको तर्क गरे । यसअघि राष्ट्रपतिले दिएको सुझावलाई सत्तारुढ गठबन्धनले गम्भीर रूपमा नलिएको उनको भनाइ छ । तामाङले राष्ट्रपतिलाई अपमानित गर्ने कामप्रति घोर आपत्ती रहेको धारणा राखे ।

कार्यक्रममा कांग्रेस नेता महेन्द्र यादवले राष्ट्रपतिले संविधानलाई उल्टाएर व्यवस्थालाई उल्टाउने प्रयास भएको र यो संविधानमाथिको ठूलो प्रहार भएको बताए ।

त्यस्तै जसपाका नेता मनिष सुमनले राष्ट्रपतिको कदम गलत भएको भन्दै संवैधानिक पदमा बसेको व्यक्तिले देशका लागि काम गर्नुपर्ने बताए ।
त्यस्तै उनले राष्ट्रपतिको अहिलेको कदमले भविष्यमा गलत नजिर बस्ने बताए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np