Global Force Media

२०८१ मंसिर २७ - Thu Dec, 2024 -

५ हजार घुस दिने सांसद महतोलाई कारबाहीको माग गर्दै उजुरी

काठमाडौँ । पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता लिनका लागि ५ हजार घुस दिने सांसदलाई कारबाही माग गरिएको छ । छोराको समकक्षता लिनका लागि ५ हजार घुस दिनुपरेको भन्दै प्रतिनिधिसभाको बैठकमै बोलेका सांसद वीरेन्द्र महतोमाथि कारबाहीको माग गर्दै संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ ।

रहबर अन्सारीको नामबाट दर्ता भएको उजुरीमा आफ्नो काम गराउन घुस दिएर पदीय मर्यादा प्रतिकूल काम गरेको भन्दै कारबाही गर्न माग गरिएको हो ।

नेपाली नागरिक रहबर अन्सारीको नामबाट परेको उजुरीमा, ‘आफू स्वयंले आफ्नो पदको मर्यादा नराखी भ्रष्टाचारजन्य कसुर गर्नु भएको छ । सरकारलाई समर्थन दिनुभएको र सरकारले नै भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न दिन्न र भ्रष्टाचारीको अनुहार पनि हेर्दिनँ भन्ने सङ्कल्प गरेको परिवेशमा आफ्नो काम चाँडो गराउनका लागि घुस दिएको स्वीकार्नु भएको छ,’ भनिएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ रिसवत लिने दिनेलाई सजाय हुने भन्ने व्यवस्थाको उपदफा ३ मा उल्लेख छ । जसले गर्दा घुस रिसवत दिने कार्यलाई रोक्नुपर्नेमा उल्टै त्यसलाई प्रोत्साहन गरेको हुँदा उनलाई कानुन बमोजिम काम गर्न माग गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अधिकार क्षेत्रभित्र नपर्ने उक्त कार्य र संसद्‌मा अभिलिखित रहेको अभिव्यक्ति भ्रष्टाचारजन्य रहेकोले राज्यले हदैसम्मको कारबाही गर्नुपर्ने उजुरीकर्ताको दाबी छ ।

जनता समाजवादी पार्टीका सांसद वीरेन्द्र महतोले गत आइतबार संसद्को बैठकमा छोराको कक्षा १० र १२ को समकक्षता लिन पाँच हजार रुपैयाँ घुस दिएको बताएका थिए । उक्त अभिव्यक्तिपछि शिक्षा मन्त्रालयले छानबिन समिति नै गठन गरिसकेको छ । गृह मन्त्रालयले समेत यो विषयमा छानबिन गर्न प्रहरीलाई निर्देशन दिइसकेको छ ।

ujuri

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np