Global Force Media

२०८१ बैशाख ७ - Fri Apr, 2024 -

पहिरोले तानसेन–रिडी–तम्घास सडकखण्ड अवरुद्ध

तीन दिनदेखिको अवरिल वर्षाका कारण तानसेन–रिडी–तम्घास सडकखण्डको जोर्ते नजिकै पहिरो खस्दा बिहीबार बिहानैदेखि सडक अवरुद्ध बनेको छ । पाल्पाको रिब्दीकोट–२, खस्यौलीको जोर्ते क्षेत्रमा पहिरो खसेको कारण सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरीका अनुसार जोर्ते बजार नजिकैको सडक चौडा गरेको स्थानमा डाँडो खसेपछि सडक अवरुद्ध बनेको हो । सडकमा खसेको पहिरो हटाउन सडक डिभिजनको डोजर ल्याउने काम भइरहेको पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

अविरल वर्षा भइरहेकाले पहिरो हटाउन समस्या भइरहेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा गुल्मी, बाग्लुङ, अर्घाखाँची, पाल्पा, बुटवलका यात्रु अलपत्र बनेका छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np