Global Force Media

२०८१ बैशाख १७ - Mon Apr, 2024 -

चाडवाडमा काठमाडौँमा सुरक्षा निगरानी बढाइयो

काठमाडौँ- चाडवाडका समयमा काठमाडौँ उपत्यकामा सुरक्षा निगरानी बढाइएको छ । प्रहरीले ड्रोन र तालिम प्राप्त कुकुरका माध्यमबाट समेत सुरक्षा निगरानी गर्ने भएको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयले चाडवाडका समयमा उपत्यकाको शान्ति सुरक्षालाई चुस्त बनाउन ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिबद्धता’ नारासहित थालिएको सुरक्षा निगरानीका क्रममा आवश्यकताका आधारमा ड्रोन र कुकुरबाट गस्ती गर्ने तयारी गरेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले जानकारी दिए ।

‘वडादसैँ, तिहार, नेपाल सम्बत र छठका लागि उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौँ, ललितपुर र भक्तपुर प्रहरी परिसर तथा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले संयुक्त रुपमा अभियान थाल्दै छन्,’ उनले भने ।

यस्तै बैंक, वित्तीय संस्था तथा नगद र गरगहनाको कारोबार हुने स्थानमा सादा पोशाकमा सुरक्षाकर्मी खटाइने तथा यात्रुलाई सहजता प्रदान गर्ने उद्देश्यले उपत्यकाका विभिन्न १५ स्थानमा ट्राफिक प्रहरीसहितको यात्रु सहायता कक्ष स्थापना गरिने प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले बताए । उक्त कार्यका लागि पाँच हजार आठ सय ३३ प्रहरी तथा एक हजार आठ सय ट्राफिक प्रहरी परिचालित गरिने उनले बताए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np