Global Force Media

२०८१ बैशाख १४ - Fri Apr, 2024 -

अमेरिकामा नेपालीहरूले यसरी मनाए दसैँ

अमेरिकाका विभिन्न राज्य तथा सहरमा बसोबास गर्ने नेपालीहरूले २०७९ अर्थात् सन् २०२२ को विजया दशमी हर्षोल्लास साथ मनाएका छन् । अमेरिकामा एक छेउ देखि अर्को राज्यमा ३ घण्टा सम्मको समय फरक हुने हुनाले टीका ग्रहण गर्ने काम अझै जारी छ । अमेरिकामा विजया दशमी बुधबार परेकोले हुनाले बिदा नहुनेहरूले कामबाट आएर पनि टीका परिवारलाई लगाई दिएका छन् । अधिकांश नेपालीहरूले बिदा लिई दसैँ मनाएका छन् ।

अमेरिकामा नेपाली समुदायले टीका ग्रहण गरेका तस्बिरहरू सामाजिक सञ्जालमा ११ :०० बजे देखि पछि देखि धमाधम राख्न थालेका थिए र अझै राखी रहेका छन् । यस पटक कोरोना महामारी नभएको र हरेकले नेपालीले सम्भवतः ३ वटा कोरोना विरुद्ध

खोप समेत लगाएकाले निर्धक्क साथ आफन्त, ठुला बडा, मान्यजनहरूबाट दुर्गा भवानीको प्रसाद स्वरूप खुसी हुँदै टीका ग्रहण गरेका छन् ।

अमेरिकामा अधिकांशले नेपालकै शुभ साइत बिहान ११ बजेर ५१ मिनेट देखि टिका थाप्न सुरु गरे भने कसैकसैले ११ बजे अगाडी पनि लगाएका छन् ।

अन्तर्राष्ट्रिय पांचाङ्ग निर्णायक समितिले विश्व भरि शुभ साइतको समय निकाली दिएको भएता पनि अमेरिकाका विभिन्न सहरहरूमा १ दिन अगाडी अक्टोबर ४ लगाउने साइत जुराएको भएता पनि अमेरिकामा महानवमी नै देखिएको हुनाले अधिकांश नेपालीहरूले नेपालकै साइतमा लगाएका छन् । तर थुप्रै नेपालीले अघिल्लो दिन नै टीका ग्रहण गरेका छन् ।

अमेरिकाका अधिकांश राज्यहरूमा नेपाली मन्दिर र सामुदायिक केन्द्रले समेत जमरा वितरण गरेका छन् । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजया दशमी बडा दसैँकै सबैभन्दा महत्त्वपूर्ण दिन हो ।

अमेरिकामा दशैको दिनमा सेलरोटी, मासुका विभिन्न परिकार,नेपाली शैलीका अचार ,काँक्राको खल्पी तथा शाकाहारीको लागि फलाहार आदि इत्यादि समेत आफू, परिवार तथा अतिथिहरूलाई खुवाएका छन् ।

वर्ष दिनमा आउने महान् चाड दसैँमा नेपाली पोसाक दौरा सुरुवाल, भादगाउँले तथा ढाका टोपीमा सजिएका देखिन्थे भने महिलाहरू पनि विशेष गरी राता सारी (फरिया) तथा गरगहनामा सजिएका छन् ।

साना बाल बालिकाहरूका लागि दसैँ निकै रमाइलो हुने हुनाले अमेरिकामा जन्मिएका बालबालिकाहरू टिका जमरा र खाममा डलर पैसा दिँदा निकै दङ्ग परेका देखिन्थे । साना बालबालिकाहरू पनि नेपाली पोसाकमा सजिएका थिए । यस पटक महामारीको प्रभाव कतै नपरेकोले आफ्ना सन्तानहरूलाई सबै ठाउँमा टीका लगाउन समेत लागेका थिए ।

अमेरिकामा हाल ३ पुस्ते परिवार पनि निकै भएकोले नेपाली समुदायले हजुरबा, हजुरआमा, मातापिता, सासुससुरा, पुरोहित, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद लिई उनीहरूबाट ऐश्वर्य वृद्धि, तथा दीर्घायुको आशीर्वाद समेत लिएका छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np