माओवादीबाट विद्रोह गरेका भण्डारीले पाए माछा चुनाव चिन्ह
नेकपा माओवादी केन्द्रबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका हेमराज भण्डारीले माछा चुनाव चिन्ह पाएका छन् । माओवादी पोलिटब्युरोसम्म भएका भण्डारीले पार्टीमा असन्तुष्ट जनाउँदै धनकुटाबाट प्रतिनिधि सभा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
धनकुटा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका नेता सुनिलबहादुर थापाले लिने संकेत पाएपछि भण्डारीले स्वतन्त्र उम्मेदवारी दिएका हुन ।