Global Force Media

२०८२ असार ३१ - Tue Jul, 2025 -

कहिल्यै पनि नेपालको राजसंस्थालाई संवैधानिक बनाउन सकिदैन – गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कहिल्यै पनि नेपालको राजसंस्थालाई संवैधानिक बनाउन नसकिने बताएका छन ।

संवैधानिक राजसंस्था, राजतन्त्र छान्ने की गणतन्त्र छान्ने भन्नेमा बहस गर्न नहुने थापाको भनाइ छ ।

राजतन्त्र पुनःस्थापनका लागि पूर्वराजा शाहलाई मैदानमा उत्रिन उनले चुनौती दिए ।

‘नेपालको राजसंस्था राजतन्त्रवादी भएकाले नेपालको राजसंस्थालाई न हिजो, न भोलि, कसैले पनि नेपालको राजसंस्थालाई संवैधानिक बनाउनै सक्दैन । त्यसैले हाम्रो डिभेट संवैधानिक राजसंस्था, राजतन्त्र छान्ने की गणतन्त्र छान्ने भन्नेमा हुँदै हुँदैन,’ महामन्त्री थापाले भने, ‘हाम्रो डिभेट नेपालमा की राजा रहन्छ, राजसंस्था रहन्छ, कि गणतन्त्र रहन्छ, कुन छान्ने भन्ने हो ।’

उनले थप भने, ‘नेपालको राजा राजतन्त्रको लिडर ज्ञानेन्द्र शाह म नेपालमा राजतन्त्र ल्याउँछु भनेर लडिसकेपछि यो सट्टापट्टको बार्गेनिङको कुरा नगरौँ अब । सिधा आउनुपर्छ, मैदानमा आउनुपर्छ ।’

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np