Global Force Media

२०८१ बैशाख १३ - Thu Apr, 2024 -

समाज एकीककरणमा सबै जातको महत्वपूर्ण योगदान छ : पूर्वराष्ट्रपति यादव

मोरङ । पूर्वराष्ट्रपति डा रामवरण यादवले समाजको एकीकरणमा सबै जातजातिको महत्वपूर्ण योगदान रहेको बताएका छन् ।

नागरिक अभिनन्दन समारोह समितिद्वारा आज यहाँ आयोजित सामाजिक अभियन्ता एवम् उद्योगपति दीनबन्धु गोयललाई अभिनन्दन गर्दै उनले यस क्षेत्रको समाजको विकासमा पहाडी, मधेसी थारु एवम् मारवाडी समुदायको महत्वपूर्ण योगदानको रहेको विचार व्यक्त गरे ।

पूर्वराष्ट्रपति डा यादवले भने, ुअभियन्ता गोयल एवम् उहाँको परिवारले यस क्षेत्रमा सामाजिक, संस्कृति, शिक्षा, स्वास्थ्य, क्षेत्रमा गर्नुभएको महत्वपूर्ण योगदानको हृदयदेखि आभार प्रकट गर्दछु ।ु उनले सम्पूर्ण समाजको मेलमिलापबाट नै सभ्यता निर्माण हुने चर्चा गर्दै मेलमिलापको सभ्यताले मुलुकको सही विकासमा सहयोग पुर्‍याउने धारणा राखे ।

अभिनन्दित व्यक्ति गोयलले गरिब विद्यार्थीलाई छात्रवृत्तिलगायत विभिन्न सङ्घसंस्थालाई सहयोग गर्न पाउँदा ज्यादै खुसी र शान्ति महसुस हुने गरेको अनुभव सुनाए । समितिका अध्यक्ष सुरेशकुमार शर्मा, राजेन्द्र चापागाईँ, महावीरप्रसाद गोयललगायतले गोयलको सहयोगबाट धेरै विद्यार्थीले उच्च शिक्षा अध्ययन गर्न सफल भएको बताए ।

झापाको भद्रपुरमा विसं २००५ मा जन्मनु भएका र हाल विराटनगरलाई कर्मथलो बनाइ बसेका गोयललाई स्वदेश र विदेशका गरी २६८ सङ्घसंस्थाले अभिनन्दन गरेका छन् । अभियन्ता गोयलले प्रत्येक वर्ष झापा, मोरङ, धनकुटा, सुनसरी, तेह्रथुम जिल्लाका एक हजार ५०० भन्दाबढी असहाय एवं जेहेन्दार विद्यार्थीलाई नगद छात्रवृत्ति प्रदान गर्नुका साथै ज्येष्ठ नागरिक एक महिला, गौशाला, मठमन्दिर, अनाथ आश्रमलगायत क्षेत्रमा सहयोग गर्दै आइरहेका छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np