Global Force Media

२०८० चैत्र १५ - Thu Mar, 2024 -

यो गठबन्धन पवित्र उद्देश्यले बनेको गठबन्धन हो : मोहन आचार्य

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सत्ता गठबन्धनको तर्फबाट रसुवा जिल्लाका प्रतिनिधि सभा उम्मेदवार मोहन आचार्यले गठबन्धन सरकारले पनि संविधानको रक्षा गर्न नसके देशको निकास नहुने दाबी गरेका छन् ।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको निकासका लागि गठबन्धन सरकारको विकल्प नभएको बताएका हुन् । उनले गठबन्धन सरकार देश विकासको पवित्र उद्देश्यका साथ निर्माण भएको भन्दै गठबन्धन सरकारले पनि संविधानको रक्षा र बृहत् शान्ति सम्झौताका अपूर्ण कामहरूलाई पूर्णता दिन नसके देशको निकास नहुने उल्लेख गरे ।

नेता आचार्यले गत निर्वाचनबाट बहुमतको कम्युनिष्ट सरकारले कुनै राम्रा काम गर्न नसकेको भन्दै अबको देश विकासको विकल्प गठबन्धन मात्रै रहेको बताए । उनले गठबन्धनले पनि देशलाई सही दिशा दिन नसके देशको अवस्था कल्पनायोग्य नरहने दाबी गरे । उनले आम नागरिकको गठबन्धन प्रतिको मायाका कारण आगामी निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारहरू विजयी बन्ने सुनिश्चित रहेको पनि बताए ।

आचार्यले गठबन्धनका साझा उम्मेदवारहरूले रसुवामा निर्वाचन हारेमा पूरा रसुवावासीले नै हार्ने जिकिर गरे । उनले रसुवा जिल्लाको भविष्य उज्ज्वल बनाउन चुनावका लागि आवश्यक तयारी थाल्न पनि निर्देशन दिए । उनले केन्द्रदेखि प्रदेशबाट जनताले चाहेको विकासका लागि आवश्यक बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np