Global Force Media

२०८० फाल्गुन २१ - Mon Mar, 2024 -

प्रतिगमनलाई रोक्न गठबन्धन : महत

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले संविधानको रक्षा र प्रतिगमनलाई रोक्न गठबन्धन बनेकाले देशको आवश्यकताअनुसार गठबन्धन कायम रहने बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महतले गठबन्धन अहिले पनि आवश्यकता रहेकाले चुनावपछि पनि निरन्तर अघि बढ्ने बताए । संविधानलाई संस्थागत रूपमा कार्यान्वयन गर्नका लागि गठबन्धन प्रतिबद्ध रहेको उनको भनाइ छ । महतले स्वार्थकेन्द्रित भएर जसपा गठबन्धनबाट बाहिरिएको धारणा राखे ।

देशको विकास र स्थायित्वका लागि गठबन्धनको सरकारले मुलुकलाई आगामी दिनमा अघि बढाउने उनको भनाइ छ ।

त्यस्तै माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले देशको आवश्यकता र देशको संविधानको रक्षाका लागि गठबन्धन जन्मिएको भन्दै अहिले पनि देशमा गठबन्धनको आवश्यक रहेको धारणा व्यक्त गरे ।

महराले अहिलेको गठबन्धनलाई २० वर्षसम्म पनि संगै अघि बढाउनुपर्ने धारणा राखे ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np