Global Force Media

२०८३ जेष्ठ १६ - Sat May, 2026 -

सदनबाटै कांग्रेसले भन्यो- सरकार ढल्ने हल्ला चलाएर धमिलो पानीमा माछा मार्ने प्रयास हुँदैछ

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सरकार ढल्छ भन्ने हल्ला चलाएर धमिलो पानीमा माछा मार्ने प्रयास भइरहेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकार परिवर्तनको हल्ला चलाएर अस्थिरता निम्त्याउने प्रयास भइरहेको बताए । विगतको २० वर्षमा केही पनि भएन व्यवस्था मात्रै परिवर्तन भयो भन्ने तर्कमा कुनै सत्यता नभएको बताए ।

घिमिरेले भने, ‘तथ्यांकले पनि भन्छ, तथ्यांकले मात्रै होइन हाम्रो आँखाले पनि २० वर्ष अघि-पछिकोलाई देखेको छ । संसारको तुलना गर्ने हो भने आज अमेरिकासँग तुलना गरेर नहोला । तीनका तुलनामा हाम्रो विकासको गति कमजोर होला तर हामी साह्र नै कमजोर अवस्थामा छौं भन्ने अवस्थामा छैनौं ।’

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np