Global Force Media

२०८१ बैशाख १५ - Sat Apr, 2024 -

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

सरकारले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेको छ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले तीन निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय:

दीगो भूव्यवस्थापनमार्फत् लखनदेही नदी बेसिनका जलाधाकारहरूको पुनरूत्थान र जीविकोपार्जनमा सुधार परियोजनाका लागि विश्व वातावरण सुविधा (GEF) बाट प्राप्त हुने १५,५५,५०५ अमेरिकी डलर (करिब २० करोड २२ लाख रुपैयाँ) बराबरको अनुदान सहायता स्वीकार गर्ने।

मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको विज्ञापन (नियमन गर्ने) (पहिलो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने ।

मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np