Global Force Media

२०८१ बैशाख ६ - Thu Apr, 2024 -

यस्ताे छ रञ्जु दर्शनाको घोषणापत्र

काठमाडौँ- काठमाडौँ ५ मा स्वतन्त्र उम्मेदवारी दिएकी रञ्जु दर्शनाले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेकी छन् । विवेकशील साझा पार्टीको राजनीतिबाट समेत अलग भएकी रञ्‍जुले शनिबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेकी हुन् । 

घोषणपत्रमा उनले निर्वाचन क्षेत्र केन्द्रित योजना र व्यक्तिगत प्रतिबद्धता समावेश गरेकी छन् । आफूले चुनाव जितेमा संसद्‌का हरेक बैठकमा उपस्थित हुने, संसद्‍मा सशक्त रूपमा प्रस्तुत हुने, निर्वाचन क्षेत्रका समस्या संकलन गर्ने, साप्ताहिक भेला गर्नेलगायतका प्रतिबद्धता जनाएकी छन् ।

आफ्नो निर्वाचन क्षेत्रमा खानेपानीको समस्या समाधान गर्ने, ऐतिहासिक तथा पुरातात्विक महत्वका क्षेत्रको संरक्षण गर्ने, भूमिगत पानीको अध्ययन गर्नेलगायतका प्रतिबद्धता उनको घोषणापत्रमा उल्लेख छ । 

उनले सत्ता गठबन्धनको समर्थनमा कांग्रेसका प्रदीप पौडेल र एमालेका तर्फबाट निवर्तमान सांसद ईश्वर पोखरेलसँग चुनावी प्रतिस्पर्धा गर्नेछिन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np