Global Force Media

२०८१ बैशाख १७ - Mon Apr, 2024 -

भारतमा निलम्बित प्रतिपक्ष सांसदको संख्या १४१ पुग्यो

४ पुस, काठमाडौं । भारतमा निलम्वित हुने प्रतिपक्षी सांसदहरुको संख्या १४१ पुगेको छ ।

जारी शीतकालीन अधिवेशनमा लोक सभाका ९५ र राज्यसभाका ४६ सांसद निलम्बनमा परेका हुन् ।

मंगलबार लोक सभा र राज्य सभाका थप ४९ सांसद निलम्वनमा परेका छन् । सोमबार ७८ सांसद र त्यसअघि १४ डिसेम्बरमा १४ सांसद निलम्वित भएका थिए ।

भारतमा यति धेरै संख्यामा सांसदहरु निलम्वन भएको पहिलोपटक हो । सन् १९८९ मार्च १५ मा ६३ सांसद निलम्बनमा परेका थिए । त्यतिबेला इन्दिरा गान्धी हत्याकाण्डको छानबिन आयोगको रिपोर्ट संसदमा पेश गर्न माग गर्दै हंगामा गर्नेहरु निलम्बनमा परेका थिए ।

अहिले लोक सभाको सुरक्षामा लापरवाही भएको भन्दै गृहमन्त्री अमित शाहको जवाफ माग्ने सांसदहरु निलम्बनमा परेका हुन् ।

१३ डिसेम्बरमा दर्शकदीर्घामा बसेका दुई व्यक्ति संसद हलमा प्रवेश गरी पहेंलो रंगको धुलो उडाएर बैठक प्रभावित पारेका थिए । उनीहरुलाई तत्कालै सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए । यो मामिलामा अन्य थप चार जनालाई पनि पक्राउ परेका छन् ।

त्यसको भोलिपल्ट अर्थात १४ डिसेम्बरमा संसदको सुरक्षामा लापरवाही भएको भन्दै बैठक अवरोध गर्न खोजेका थिए । त्यसपछि लोकसभाका १३ र राज्यसभाका एक गरी १४ सांसद निलम्बित भएका थिए ।

हाल विपक्षका कुल ४३ सांसदहरु मात्र बाँकी छन् । त्यसमा कांग्रेसका राहुल गान्धीसहित नौ सांसद मात्र छन् ।

अहिले निलम्बनमा परेकाहरुमध्ये महुआ माजी जस्ता नयाँ सांसददेखि लिएर मनोज झा, जयराम रमेश, रणदीप सिंह सुरजेवाला, प्रमोद तिवारी, फारुक अब्दुल्ला, शशी थरुर, मनिष तिवारी, डिम्पल यादव जस्ता दिग्गज सांसदहरु पनि छन् ।

अहिले केही महत्वपूर्ण विधेयकहरु संसदमा पेश हुने मोदी सरकार तानाशाही बन्न खोजेको भन्दै प्रतिपक्षी दलबाट चर्को विरोध भइरहेको छ ।

यसबीचमा भारतमा विपक्षी दलहरुको समूह ‘इण्डिया एलाइन्स’को बैठकसमेत बसेको छ । बैठकपछि कांग्रेस प्रमुख मल्लिकार्जुन खड्गेले यो लोकतन्त्रप्रति खतरा भएको भन्दै भनेका छन्, ‘हामी लड्नेछौं, मैदानमा उत्रने छौं ।’

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np