Global Force Media

२०८० चैत्र १५ - Thu Mar, 2024 -

नीलकण्ठ नगरपालिका का उप प्रमुख समितिका संयोजक दिपक विश्वकर्मा बजार अनुगमन गर्न उत्रिए फिल्डमा

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाले धादिङबेसी भित्रका बजार अनुगमन गरेको छ । हिन्दु नेपालीहरुको चाड तिहारको पूर्वसन्ध्यामा बजारमा म्याद गुज्रिएका सामानहरू विक्री वितरण हुनसक्ने अवस्थालाई ध्यान दिंदै अनुगमन गरीएको नगर उप प्रमुख तथा अनुगमन समितिका संयोजक दिपक विश्वकर्माले जानकारी दिनुभयो ।

नीलकण्ठ नगरपालिकाले आज सिरान बजार,विच बजार,विपि टोल लगायतका ठाउँमा रहेका किराना स्टोर,मासु पसल,मिठाई पसल र फलफुल पसलको अनुगमन गरेको हो।अनुगमनका क्रममा सिराना बजारबाट म्याद गुज्रेको ३ कार्टुन विस्कुट र क्याम्पस चोक अगाडीको किराना पसलबाट म्याद गुज्रेको पेय पदार्थ र हर्लिक्स जफत गरीएको प्रशासन शाखा प्रमुख लोकनाथ उपाध्यायले जानकारी दिनुभयो ।

अनुगमनको क्रममा म्याद गुज्रिएका ३ काटुन विस्कुट जफत गरी नष्ट गरीएको छ।खाद्य पसलमा म्याद गुज्रेका पेय पदार्थ र एक दर्जन हर्लिक्स पनि जफत गरी नष्ट गरीएको नगरपालिकाले जानकारी दिएको छ।

धादिङबेसीमा मासुपसलहरुमा सरसफाई नभएको,मासु काट्ने स्थान फोहोर भएको,खसी,कुखुरा र माछा लगायतमा मासुहरु एउटै फ्रिजमा राखीएको र पसल नविकरण नगरीएको जस्तो कमजोरी भेटीएको छ ।यसैगरी नीलकण्ठ नगरपालिका वडा नम्बर ८ ज कमेरेमा रहेको बधशालाको पनि अनुगमन गरीएको छ ।उक्त बध शालामा सरसफाई नभएको,स्टोर गरेर राख्ने स्थान फोहोर भएको,पशु बध गर्नु पुर्व स्वास्थ्य परिक्षण नगरिएको जस्ता कमजोरीहरु रहेको छ । उक्त बधशालालाई पनि एक हप्ता भित्र सुधार गर्नको लागि निर्देशन दिईएको छ ।


अनुगमनको क्रममा पहिलो पटक चेतावनी दिएको र अर्को पटकदेखी यस्तै पाए कारबाही गर्ने नीलकण्ठ नगरपालिकाले जनाएको छ। बजार अनुगमनमा नीलकण्ठ नगरपालिकाका प्रशासन शाखा प्रमुख लोकनाथ उपाध्याय, पशु चिकित्सक डा। सुनिता श्रेष्ठ वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ,वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ, नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका सभापति राजाराम शर्मा,जिल्ला प्रशासन कार्यालयका श्याम बहादुर रायमाझी,घरेलु तथा साना उद्योग कार्यालयका राजेन्द्र कोईराला, धादिङ चेम्बर अफ कमर्शका अध्यक्ष गोविन्द कुमार श्रेष्ठ, धादिङ उद्योग वाणिज्य संघका नारायण कुमार श्रेष्ठ,उपभोक्ता हित संरक्षण मन्च नेपालका शिवराज सापकोटा लगायतको सहभागिता रहेको थियो ।
अबदेखी महिनाको दुई दिन छुट्याएर बजार अनुगमनलाई तिव्रता दिने नगर उप प्रमुख दिपक विश्वकर्माले बताउनु भएको छ । उपभोक्ताको स्वास्थ्य माथि खेलबाड गर्न नहुने भन्दै उहाँले मापदण्ड पुर्याएर मात्र व्यावसाथ सन्चालन गर्नको लागि आग्रह गर्नुभयो । सामान खरिद गर्दा उपभोक्ताहरु सचेत भए अहिलेको समस्याहरु विस्तारै हट्दै जाने विश्वकर्माले बताउनुभयो ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np