Global Force Media

२०८१ बैशाख १४ - Fri Apr, 2024 -

प्रमुख निर्वाचन आयुक्त थपलिया भन्छन्- स्पष्टीकरण सोध्दा कोकोहोलो मच्चियो

विराटनगर । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दलहरूले आचारसंहिता पालना नगरेकोमा असन्तुष्टि जनाएका छन् । दलहरूले आफैँले पालना गर्छु भनेको आचारसंहिता पालना नगरेको भन्दै असन्तुष्ट थपलियाले देखिएका ५र७ दिनपछि आयोगले गर्ने निर्णयले ठूलै भुकम्प आउने चेतावनी दिए ।

विराटनगरमा आयोजित सञ्चार माध्यम अभिमुखीकरण कार्यक्रममा बोल्दै थपलियाले कानुन बमोजिम स्पष्टीकरण सोध्दा कोकोहोलो भइरहेको बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले गत स्थानीय तह निर्वाचनमा देखिएका समस्यालाई आयोगले यसपटक सम्बोधन गर्ने उदेश्यले निर्वाचन कानुनको पालनामा केही कडाइ गरिएको जानकारी दिए ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले फ्री भिषा फ्री टिकटू को आश्वासन बाँडेपछि त्यसलाई आयोगले गम्भीरताका साथ कानुनको पालनामा जोड दिएको बताए । आफैले पालना गर्छु भनेको आचारसंहिता पालना नगर्ने, स्पष्टीकरण सोध्दा कोकोहोलो भएको छु थपलियाले भने हेर्दै जानुहोला, यसपछिको ५र७ दिनको निर्णयले ठूलै भुकम्प आउला कि ।

उनले मिडियाकै कारण आयोग बलियो भएको बताए । मिडियामा आएको कुरा पहिले भेरिफिकेशनको प्रक्रिया अघि बढाएको बताए । स्पष्टीकरण सोध्नुलाई कारबाही गरेको भनेर बुझ्न नहुने, बरु कारबाहीको प्रक्रिया शुरु भएको भनेर बुझ्नु पर्ने बताए ।

आयोगले निर्वाचनलाई पद, पैसा, पहुँच र प्रलोभन मुक्त बनाउन खोजेको स्पष्ट पार्दै कुनै पनि दलले निर्वाचनलाई फगत निर्वाचन भनेर बुझ्न नहुने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np