Global Force Media

२०८१ बैशाख १२ - Wed Apr, 2024 -

शिक्षक चिरञ्जीवी अधिकारीलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ । जिल्ला निर्वाचन कार्यालय पर्वतले शिवालय मावि कुस्माका प्रावि शिक्षक चिरञ्जीवी अधिकारीलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

अधिकारले २२ असोजमा आफ्नो फेसबुक स्टाटस्मा दल तथा उम्मेदवारको पक्षमा प्रचारप्रसार गरेकाले नियमानुसार कारबाही गरिपाउँ भनी फेसबुक स्टाटस्को छायाँप्रति सहित लिखित उजुरी परेकाले सो निर्देशन दिएको हो ।

निर्वाचन आचारसंहिता २०७९ को दफा ४६ तथा निर्वाचन आयोग ऐन २०७३ को दफा २३ अनुसार तपाईँलाई किन कारबाही नगर्नु पर्ने हो रु पत्र प्राप्त भएको २४ घण्टाभित्र स्वयं उपस्थित भई जिल्ला निर्वाचन कार्यालयमार्फत जिल्ला आचारसंहिता अनुगमन समितिसमक्ष लिखित रूपमा स्पष्टीकरण पेश गर्न भनिएको छ ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १० मा विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने अन्तर्गत खण्ड ९ज० मा ‘सामाजिक सञ्जालमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारपसारका सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जालमार्फत मत माग्न नपाइने’ व्यवस्था छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np