Global Force Media

२०८० चैत्र १५ - Thu Mar, 2024 -

बहिर्गमित जनमुक्ति सेनाको प्रश्न– परिवर्तनका लागि लडेर आएका सेना हौं हामी कसरी अयोग्य ? (भिडियोसहित)

काठमाडौं, ८ चैत्र । अयोग्य जनमुक्ति सेनाका उपाध्यक्ष एवं प्रवक्ता राजन थापाले आफूहरुलाई गलत तरिकाले परिभाषित गर्ने काम भएको बताएका छन् । ७ गते (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रचण्डलाई प्रधानमन्त्रीको कुर्सीसम्म पुर्याउने सेनाहरु अयोग्य हुनै नसक्ने बताएका हुन् ।

‘अयोग्य लडाकु भनेर गलत परिभाषा थियो । संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था ल्याउनसम्म चाहिँ योग्य हुने, व्यवस्था ल्याएर उहाँलाई प्रधानमन्त्रीको कुर्सीसम्म पुर्याएपछि ती सेनाहरु अयोग्य हुने ?’– उनले प्रश्न गरे ।

आफूहरु यही अयोग्य लडाकु भन्ने शब्दको विरुद्धमा निरन्तर संघर्षरत रहेको बताए । आफूहरुले सरकारबाट लोकतान्त्रिक योद्धाको सम्मान चाहेको उनले बताए । आफूहरुले परिवर्तनका लागि लडेर आएको भएपनि अयोग्यको विल्ला भिराइएको भन्दै उनले दुखेसो पोखे । वहिरगमित जनमुक्ति सेना आफूलाई अयोग्य लडाकु मान्न तयार नरहेको उनको तर्क छ ।

‘हामी परिवर्तनका लागि लडेर आएका सेना हौं । हामीलाई अयोग्यको विल्ला भिराइयो । हामी त्यो मान्दैनौं,’– उनले भने ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np