Global Force Media

२०८१ बैशाख १४ - Fri Apr, 2024 -

टी–२० विश्वकपमा नेदरल्याण्ड्सविरुद्ध बंगलादेशको रोमाञ्चक जित

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा सोमबार भएको पहिलो खेलमा बंगलादेशले नेदरल्याण्ड्समाथि ९ रनकोे रोमाञ्चक जित हात पारेको छ ।

बंगलादेशले दिएको १४५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३५ रन मात्र बनाउन सक्यो ।

नेदरल्याण्ड्सका लागि कोलिन अक्रमानले सर्वाधिक ६२ रन बनाए । उनले ६ चौका र २ छक्का प्रहार गरे ।

शीर्ष क्रमका ब्याटरलाई सस्तैमा गुमाएको नेदरल्याण्ड्सले १५ रनमा ४ विकेट गुमाइसकेको थियो ।

यस्तो स्थितिमा चाथो नम्बरका कोलिनले नेदरल्याण्ड्सको इनिङ्स उकासेका थिए । पल भान मिक्ररेनले २४ रन र स्कट इड्र्वाडले १६ रन बनाए ।

अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाएनन् । बंगलादेशका लागि तास्किन अहमिदले सर्वाधिक ४ विकेट लिए । हसनले २ विकेट तथा सकिल अल हसन र सौम्य सरकारले समान १ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन बनाएको थियो । बंगलादेशका लागि अफिफ हसनले ३८ रन बनाए । उनले २७ बलमा २ चौका र २ छक्का प्रहार गरे ।

ओपनर नजमुल शान्तोले २५ रन, सौम्य सरकारले १४ रन बनाए । मोदसिक होसन २० रनमा अविजित रहे ।

नेदरल्याण्ड्सका लागि पल भान र लेडले समान २ विकेट लिए । टीम प्रिङ्गेल, शारिज अहमद र बिकले समान १ विकेट लिए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np