Global Force Media

२०८१ बैशाख १३ - Thu Apr, 2024 -

बार्सिलोनाका पूर्व चार कप्तान आगामी सिजनमा क्लबमा नरहने

७ कात्तिक, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाका पूर्व चार कप्तान आगामी सिजन क्लबमा नरहन पनि सक्ने समाचार सार्वजनिक भएको छ ।

मार्काका अनुसार बार्साका मालिकहरुको इच्छा अनुसार उनीहरुलाई टोलीबाट हटाउन लागिएको छ । सर्जियो बस्क्वेट, जेरार्ड पिके, जोर्डी अल्बा र सर्गी रोबर्टो आउँदो सिजनमा क्लबमा हुने छैनन् । उनीहरु चारै जनाले बार्सिलोनामा अहिलेका प्रशिक्षक जावी हर्नान्डेजसँगै खेलका थिए ।

रोर्बटो र सर्जियोको अनुबन्ध सन् २०२२ अर्थात यो वर्षसम्मको मात्र छ । जनवरी २०२३ मा यी दुवै कप्तानले अर्को क्लबहरुसँग सम्झौता गर्न सक्ने छन् । आल्बा र पिकेको सम्झौता भने आउँदो वर्षसम्मका लागि छ । तर धेरै तलब बुझ्ने गरेका पीके र अल्बालाई क्लबले बेच्न चाहेको छ ।

टिममा रहे पनि अल्बा र पीके लामो समयदेखि चोटका कारण मैदान उत्रिएका छैनन् । सर्जियोले भने नियमित रुपमा टिममा स्थान पाइरहेका छन् ।

तर सर्जियो कतार विश्वकप पछि अमेरिकी लिग एमएसएल क्लबमा जाने सोचाइमा छन् । खेल्ने उमेरको उत्तरार्धमा पुगेका उनले एमएसएलमा गएर खेल जीवन त्याग्ने तयारी गरेका छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np