Global Force Media

२०८३ बैशाख ३ - Thu Apr, 2026 -

सरकारले मुलुकलाई असफल राष्ट्र हुनबाट जोगायो – मन्त्री गुरुङ

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले मुलुकलाई असफल राष्ट्रबाट हुनबाट जोगाएको बताएका छन् ।

बिज्ञापन बोर्डले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले वर्तमान सरकार गठन भएपछि अपेक्षित काम गर्न नसकेपछि पहिलो काम मुलुकलाई असफल राष्ट्रबाट हुनबाट जोगाएको बताएका हुन् ।

उनले पुराना ऐन कानुनले सुशासन कायम हुन नसकेको, राजस्व संकलन हुन नसकेको, व्यवसाय प्रवर्द्धनमा समस्या देखिएको महसुस भएकाले अध्यादेश ल्याउनुपरेको धारणा राखे ।

मुलुकमा परिवर्तन हुँदा पनि सुशासन कायम हुन नसक्दा जनतामा निराशा उत्पन्न भएकाले विद्यमान अस्पष्ट नीति नियमहरूलाई सुधार गर्न खोजिएको उनले बताए ।
उनले सरकारको रचनात्मक आलोचना भए सुध्रिने मौका पाउने उल्लेख गरे ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np