Global Force Media

२०८१ बैशाख २० - Thu May, 2024 -

अब निर्वाचन क्षेत्र परिवर्तन गर्दिन : ओनसरी घर्ती

सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नम्बर २ की उम्मेदवार ओनसरी घर्तीले आफूले अब निर्वाचन क्षेत्र परिवर्तन नगर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् । काठमाडौं क्षेत्र नम्बर २ का जनताले आफूले सो निर्वाचन क्षेत्र छाड्ने हो कि भनेर आशंका गरिरहेको उल्लेख गर्दै उनले अब सोही क्षेत्रको जनताको सेवामा निरन्तर लागिरहने बताएकी हुन् ।

सोमबार शंकरापुर नगरपालिकाले तिहारलगायतका चाडपर्वको अवसर पारेर आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूले निर्वाचन क्षेत्र परिवर्तन नगर्ने कुरा पार्टीभित्र र गठबन्धनमा पनि धेरै पटक छलफल भएको जिकिर गर्दै सो सन्देश स्थानीय जनतामा पुर्याउन गठबन्धनका नेता, कार्यकर्तालाई निर्देशन समेत दिए ।

पूर्वसभामुख समेत रहेकी घर्तीले भनिन्, ‘धेरैले यो क्षेत्र छोडेर जाने हो कि भनेर प्रश्न गरेका छन । मेरो हैसियतले अब भन्ने कुरा के रहन्छ भने मैले यो प्रश्नको जवाफ धेरै पटक दिएको छु– तपाईँसँगै रहन्छु । र, भोलिको मेरो प्रतिवद्धता यहाँकै जनताको सेवामा रहन्छु भन्ने भइसकेपछि तपाईहरु आम जनताको बीचमा गएर अब तपाईँहरुले यो सन्देश प्रवाह गर्न पार्टीको तर्फबाट, मेरो तर्फबाट अनुरोध मात्रै होइन, अब त निर्देशन हुन्छ म भन्न चाहन्छु । धेरै प्रसंगहरुमा, धेरै छलफलहरूमा हामीले यो कुरा भनिसकेको हुनाले मैले यो कुरा तपाईहरुलाई भन्न चाहन्छु ।’

उनले भनिन्– ‘जननिर्वाचित प्रतिनिधिहरुले धेरै कुराको प्रतिवद्धता गरेर आफू निर्वाचित भएको हुन्छ । आज पनि हामीले त्यो प्रतिवद्धता जाहेर गर्दै हिँडेका छौं । तपाईं स्थानीय तहका जनप्रतिनिधिहरुले पनि धेरै यस्ता प्रकरणका प्रतिवद्धताहरु बाँडनुभएको छ । त्यो प्रतिवद्धता पूरा गराउनका लागि केन्द्रमा पहुँच पुर्याउने काममा मेरो सक्दो पहल रहनेछ ।’

घर्तीले काठमाडौं क्षेत्र नम्बर २ का स्थानीय जनप्रतिनिधिहरुले निर्वाचनमा गरेको प्रतिवद्धता पूरा गराउन पनि आफूले केन्द्रसँग पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । स्थानीय तहका जनप्रतिनिधिहरुले निर्वाचनका बेला गरेको प्रतिवद्धता पुरा गराउन केन्द्रमा पहुँच पुर्याउन आफू समक्ष रहेको उनको भनाई थियो ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np