Global Force Media

२०८३ बैशाख ३ - Thu Apr, 2026 -

सरकारका गलत कामका कारणले धमिलो पानीमा माछा मार्ने दुस्साहस हुँदैछ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय कहीँ न कहीँ आफ्नो वर्गप्रतिको एकता कमजोर हुँदै गएको स्वीकारेका छन्।

उनले अहिले आफूहरू आत्मालोचनासहित उत्पीडित वर्ग र समुदायको हक अधिकारलाई समाजवादको दिशामा अगाडि बढेको बताए।

नेवाः राष्ट्रिय मुक्ति मोर्चाको खबरदारी सभालाई सम्बोधन गर्दै नेवा समुदायको पहिचान पूरै स्थापित नभएसम्म माओवादी केन्द्रले साथ नछाड्ने बताए।

उनले राजावादीहरूलाई लक्षित गर्दै भने, ‘तपाईँहरूले पनि साथ दिनुस्, अहिले प्रतिगामी षड्यन्त्र जो देखा पर्न खोजेको छ। त्यो अहिलेको सरकारका गलत कामका कारणले धमिलो पानीमा माछा मार्ने दुस्साहसजस्तो गरेका छन्। त्यो सफल हुने छैन।’

उनले प्रतिगामी षड्यन्त्रका विरुद्ध एकजुट हुन आह्वान गरे।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np