Global Force Media

२०८१ बैशाख १५ - Sat Apr, 2024 -

सत्ता गठबन्धन एमालेलाई सिध्याउने खेल : इश्वर पोखरेल

काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धनको एकमात्रै उदेश्य एमाले सिद्धाउने मात्रै रहेको बताएका छन् ।

उपाध्यक्ष पोखरेलले गठबन्धनको दृष्टिकोण, उद्देश्य, कार्यक्रम र गन्तव्य नरहेको र एमाले सिद्धाउन मात्रै ध्यान केन्द्रीत रहेको बताएका हुन् । एमालेको उदेश्य राजनीतिक स्थायीत्व, मुलुकको बिकास र हित मात्रै रहेकाले जनताले विश्वास गर्ने उनको भनाइ छ । नीतिहित, सिद्धान्तहिन र अस्थीरता सिर्जना गर्नेलाई पाखा लगाएर मुलुकलाई बिकासको बाटोमा अघि बढाउनुपर्ने पोखरेलले बताए। त्यस्तै पोखरेलले तिहार लगतै एमालेले पार्टीको घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिए । घोषणापत्रमा यसअघि एमाले सरकारले गरेका काम र भावी योजनाहरु तालिकाबद्ध रुपमा आउने उनले बताए ।

अहिले पनि मुलुकको राजनीतिलाई प्रदुषित गर्ने अपराधिक धन्दा चलिरहेको भन्दै पोखरेलले त्यसले सिर्जना गरेका भ्रमहरुलाई एमालेले चिर्ने जिकिर गरे ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np