Global Force Media

२०८१ बैशाख ७ - Fri Apr, 2024 -

राष्ट्रपतिका विषयमा सहमति भएको छैन : उपाध्यक्ष सापकोटा

राष्ट्रपतिका विषयमा सहमति भएको छैन : उपाध्यक्ष सापकोटा

सिन्धुली – नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमतिका आधारमा निर्माण गर्नुपर्ने बताएका छन् ।

प्रेस सेन्टर सिन्धुलीले आज दिउँसो सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले राष्ट्रिय सहमति विना राष्ट्रपति चयन हुन नसक्ने बताए ।

राष्ट्रपति कुन दल वा व्यक्तिलाई हो भनी हालसम्म कहीँ कसैसँग सहमति नभएको र राष्ट्रिय सहमतिबाटै राष्ट्रपति चयन हुनुपर्ने पार्टीको आधिकारिक धारणा रहेको जानकारी दिए ।

परिस्थिति जटिल, पेचिलो बन्दै गएको र सहमतिबाटै राष्ट्रपति चयन गर्न अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लागिपरेकाले सहमतिबाटै राष्ट्रपति चयन हुने विश्वास व्यक्त गरे । उम्मेदवारी दर्ता गर्ने दिनसम्ममा केही निष्कर्ष निक्लनेमा उनले विश्वास व्यक्त गरे ।

विगतका अनुभवबाट शिक्षा लिएर सर्वमान्य व्यक्ति, गणतन्त्रको रक्षा, संविधानको रक्षा गर्ने, परिवर्तनका निम्ति प्रतिबद्ध व्यक्ति नै अबको राष्ट्रपति हुने बताए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np