Global Force Media

२०८१ बैशाख १५ - Sat Apr, 2024 -

नेवार समुदायले मनाए म्हः पूजा

काठमाडौँ । नेवार समुदायले बुधबार म्हः पूजा गरेका छन् ।

काठमाडौँ उपत्यकालगायत अन्य क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले म्हः पूजा गर्छन् । साँझ परिवारका सबै सदस्य जम्मा भएर म्हः पूजा गर्ने प्रचलन छ । म्हः को शाब्दिक अर्थ देह या शरीर हो । यस अर्थमा म्हः पूजाको अर्थ आफ्नो देहको पूजा हो ।

यसरी आत्मको पूजा गर्नुलाई म्हः पूजा भनिने संस्कृतविद्हरूको भनाइ छ । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाको दिन म्हः पूजा गर्ने प्रचलन रहेको छ ।

शरीरमा शान्ति नभइकन सर्वत्र शान्ति नहुने विश्वास अनुरुप म्हः पूजाको दिन अष्ट चिरञ्जीवीको प्रतीक र अष्ट ऐश्वर्य झल्कने आकर्षक मण्डप बनाएर त्यसमा आत्मस्वरूप पूजा गरिन्छ । घरको मुलीले परिवारको अन्य सदस्यलाई टीका, सगुन लगाई दिएर पूजा गरिन्छ । पूजा सकिएपछि भोज खाने प्रचलन रहेको छ ।
म्हः पूजाले आत्मा सन्तुष्ट भए देवता खुसी हुने र सबै काम फलिफाप हुनाका साथै जीवन पनि सार्थक हुने विश्वासका साथ यो पूजा गरिँदै आएको धार्मिक मान्यता पाइन्छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np