Global Force Media

२०८१ बैशाख ७ - Fri Apr, 2024 -

निर्वाचन आयोगद्वारा समानुपातिकतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशित

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी हुने समानुपातिकतर्फको उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशित गरेको छ । दलहरूले पेश गरेको बन्दसूचीको जाँचबुझ गरी आयोगले बुधबार प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा २८ तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा २८ बमोजिम अन्तिम बन्दसूची  प्रकाशित गरेको हो । 

प्रकाशित सूचीमा प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि २१९९ उम्मेदवार कायम भएका छन् । यसैगरी प्रदेश सभा सदस्य निर्वाचनतर्फ प्रदेश नम्बर १ का लागि ६१६ जना, मधेश प्रदेशका लागि ८६३ जना, बागमती प्रदेशका लागि ७५४ जना, गण्डकी प्रदेशका लागि ३४४ जना, लुम्बिनी प्रदेशका लागि ५७९ जना, कर्णाली प्रदेशका लागि २०० जना र सुदुरपश्चिम प्रदेशका लागि ३५२ जना उम्मेदवार कायम भएका छन् । 

 समानुपातिकतर्फ दलहरुले पेश गरेको बन्दसूचीमा नाम समावेश भएका मध्ये दाबी विरोधको जाँचबुझ, जरिवाना नतिरेका, लाभको पदमा रहेका र कालोसूचीमा रहेका समेत गरी जम्मा५५० जना व्यक्तिहरुको नाम आयोगले मंगलबार हटाउने निर्णय गरेको थियो । 

सूची हेर्न तलका लिंक हेर्नुहोस्

प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित  उम्मेदवारको अन्तिम बन्दसूची

प्रदेश सभा: प्रदेश नं १ सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित  उम्मेदवारको अन्तिम बन्दसूची

प्रदेश सभा: मधेस प्रदेश सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित  उम्मेदवारको अन्तिम बन्दसूची

प्रदेश सभा: बागमती प्रदेश सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित  उम्मेदवारको अन्तिम बन्दसूची

प्रदेश सभा: गण्डकी प्रदेश सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित  उम्मेदवारको अन्तिम बन्दसूची

प्रदेश सभा: लुम्बिनी प्रदेश सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित  उम्मेदवारको अन्तिम बन्दसूची

प्रदेश सभा: कर्णाली प्रदेश सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित  उम्मेदवारको अन्तिम बन्दसूची

प्रदेश सभा: सूदुरपश्चिम प्रदेश सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित  उम्मेदवारको अन्तिम बन्दसूची

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np