Global Force Media

२०८० चैत्र १५ - Thu Mar, 2024 -

कांग्रेसको घोषणापत्र : संसद विघटन नगर्नेदेखि साढे १२ लाखलाई रोजगारीसम्म ‍‍(पूर्णपाठ)

काठमाडौं– नेपाली कांग्रेसले आगामी निर्वाचनलक्षित प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि कांग्रेसले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो ।

घोषणापत्रमा आगामी पाँच वर्षमा साढे १२ लाखलाई नयाँ रोजगारी दिनेदेखि पूर्वाधार विकासका कार्यक्रम समेटिएको छ । आज कांग्रेस मुख्यालय सानेपामा प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवासहित पार्टीका पदाधिकारीले घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

५२ पेज लामो घोषणा पत्रमा संसद विघटन नगर्नेसमेत प्रतिबद्धता जनाएको छ । ‘एमाले राज्य सञ्चालन गर्न असमर्थ छ’ घोषणा पत्रमा उल्लेख छ ।’

‘संविधानको रक्षा स्थायित्व र समुन्नतिको आधार, नेपाली काँग्रेसको नेतृत्वमा अबको सरकार’ भन्ने नारासहित काँग्रेसले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो  ।घोषणापत्र महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वमा रहेको ४१ सदस्यीय समितिले तयार पारेको हो । अर्थशास्त्री तथा योजना आयोगका पूर्व उपाध्यक्षहरू डा. स्वर्णिम वाग्ले, डा. गोविन्द पोखरेल, शिक्षााविद् डा. कृष्णप्रसाद पौडेल, राजनीतिक विश्लेषक तथा वैदेशिक मामिला जानकार गेजा शर्मा वाग्ले, शंकर तिवारीलगायत काँग्रेस नेताहरुले घोषणापत्र तयार गरेका हुन् ।

यस्ताे छ पूर्ण पाठ

https://drive.google.com/file/d/1n84_tu5jWqCiln_GD0iBQn21DwYYct0S/preview

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np