Global Force Media

२०८१ बैशाख ८ - Sat Apr, 2024 -

एमालेको घोषणापत्रमा पाँच वर्षे ग्यारेण्टी : खेतबारीमा पानी, खाडीमा हैन स्वदेशमै जवानी (पुर्णपाठ)

एमालेको घोषणापत्रमा पाँच वर्षे ग्यारेण्टी : खेतबारीमा पानी, खाडीमा हैन स्वदेशमै जवानी (पुर्णपाठ)

काठमाण्डौ । नेकपा एमालेले मङ्गलवार सार्वजनिक गरेको आफ्नो चुनावी घोषणापत्रमा युवालाई खाडीमा नभई देशमै रोजगारी सृजनाको ग्यारेण्टी गरेको छ ।
‘२० ग्यारेण्टी पाँच वर्ष एमालेले गर्छ’ भन्दै घोषणा पत्रमा खेतबारीमा पानी खाडीमा हैन स्वदेशमै जवानी भनेर उल्लेख गरेको छ । यस्तै घोषणा पत्रमा प्रत्येक वर्ष ५ लाख रोजगारी सृजना गर्ने र न्यूनतम ज्याला २५ हजार पुर्‍याउने ग्यारेण्टी पनि गरिएको छ ।

काम रोजगारी र सामाजिक सुरक्षाको प्रबन्धबाट सबैका लागि काम र नियमित कमाइ सुनिश्चित गरिने र रोजगारी सृजना हुने क्षेत्रमा राज्यको लगानी बढाउने घोषणापत्रमा उल्लेख छ ।

रोजगारी र उद्यमशीलता उन्मुख स्वरोजगारीका लागि सीप, पुँजी र व्यावसायिक तालिम दिनेदेखि सुरुवाती व्यवसाय गर्न बिउ पुँजी उपलब्ध गराउने कुरा पनि एमालेले उल्लेख गरेको छ । हरेक वर्ष रोजगारी र स्वरोजगारी गरी वार्षिक ५ लाख रोजगारी सृजना गरिने र प्रधानमन्त्री रोजगार कार्यक्रमबाट प्रतिवर्ष तीन लाख परिवारलाई आयआर्जनमार्फत खाद्य सुरक्षा प्रदान गर्ने ग्यारेण्टी पनि घोषणापत्रमा गरिएको छ ।

नेकपा एमालेले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि मङ्गलवार आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो । २० ग्यारेण्टीसहित घोषणापत्र ल्याइएको छ ।

पुर्णपाठ…

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np