Global Force Media

२०८१ बैशाख ७ - Fri Apr, 2024 -

फेरि रिलिज भयो शाहरुखको डीडीएलजे

फेरि रिलिज भयो शाहरुखको डीडीएलजे

जनसेवा न्युज डटकम संवाददाता

सन् १९९५ अक्टोबर २० मा रिलिज भएको फिल्म ‘दिलवाले दुल्हनियाँ ले जाएंगे (डीडीएलजे)’ फेरि रिलिज भएको छ । आदित्य चोपड़ा निर्देशित फिल्म अभिनेता शाहरुखको ५७ औं जन्मदिनको अवसर पारेर फेरि रिलिज गरिएका हो ।

डीडीएलजे मुम्बईको मराठा मन्दिर सिनेमा घरमा २७ वर्षदेखि प्रदर्शनरत छ । शाहरुखको जन्मदिनमा यो फिल्म मराठा मन्दिरका अलावा भारतका कैयौं थिएटरमा प्रदर्शनमा आएको हो । फिल्मको टिकट मूल्य एक सय रुपैयाँदेखि एक सय ११ रूपैयाँ राखिएको छ ।

मिडिया रिपोर्टका अनुसार अहिले फिल्मले थोरै फिल्म हल पाएको छ । जति पाएको छ, त्यसमा राम्रो व्यवसाय गरिरहेको छ । १९९५ मा ४ करोड लागतमा बनेको यो फिल्मले सो समय ८९ करोड कमाएको थियो ।

फिल्मको ओभरसिज ब्यवसाय मात्र १३।५ करोड रहेको थियो । १९९६ मा पनि फिल्मको राम्रो क्रेज थियो । शाहरुख र काजोल अभिनित फिल्मले १९९६ को अन्त्यसम्म २ सय करोड कमाएको थियो । २०२० सम्म आउँदा फिल्मले ४५५ करोड कमाउन सफल भएको छ । फिल्म रिलिज भएको अहिले २७ वर्ष भएको छ । अहिले पनि यो फिल्मले दर्शक पाइरहेको छ ।
दैनिक भास्कर

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np