Global Force Media

२०८१ बैशाख ११ - Tue Apr, 2024 -

आइफोनका नयाँ भर्सनहरू सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौँ । एप्पलले नयाँ आइफोन १४ र आइफोन १४ प्लसलगायत नयाँ भर्सनहरू सार्वजनिक गरेको छ । बुधबार ६ दशमलव १ इन्चको स्क्रिन भएको आइफोन १४ र ठूलो ६ दशमलव ७ इन्चको स्क्रिनसहितको आइफोन १४ प्लस सार्वजनिक गरेको हो ।

आइफोन १४ प्लस चार रंगहरूमा आउनेछ । यसमा अगाडि एउटा टु डेप्थ क्यामेरा छ भने डाइनामिक आइल्याण्डको नयाँ सुविधा समावेश गरेको छ । यो सुविधा आइफोनको अगाडिको स्क्रिनको शीर्षमा एउटा विजेट जस्तै हुनेछ, जहाँ फोनमा अरु नै काम गरिरहेको बेलामा पनि संक्षिप्त अलर्टहरू हेर्न सकिनेछ ।

आइफोन १४ को मूल्य ७९९ डलरबाट सुरु हुनेछ । ठूलो आईफोन १४ प्लस मोडेलको मूल्य ८९९ डलरबाट सुरु हुनेछ ।

नयाँ आइफोन १४ मा गत वर्षको १३ प्रो मोडेलमा जस्तै ए १५ चिप प्रयोग गरिएको छ । यो ठूलो पिक्सेल, छिटो एपर्चर र सुधारिएको सेन्सरको साथ १२ एमपी मुख्य क्यामेराको साथ आउनेछ । नयाँ आइफोनहरूमा लामो समय ब्याट्री टिक्ने एप्पलले जनाएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np