Global Force Media

२०८१ बैशाख ८ - Sat Apr, 2024 -

कुन निर्वाचनमा कति थिए मतदाता, अहिले कति ?

कुन निर्वाचनमा कति थिए मतदाता, अहिले कति ?

काठमाडौं- आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदाता संख्या अहिलेसम्मकै सबैभन्दा बढी रहेको छ ।

निर्वाचन आयोगका उपसचिव एवं सहप्रवक्ता ऋषिराम भुषालका अनुसार मंसिर ४ गते हुने निर्वाचानमा कूल मतदाता संख्या १ करोड ७९ लाख ८८ हजार ५७० रहेको छ ।

नेपालमा पहिलो आम निर्वाचन (संसद) २०१५ सालमा भएको थियो । आयोगका अनुसार उक्त निर्वाचनमा कुल मतदाता ४२ लाख ४६ हजार ४६८ रहेका थिए ।

पञ्चायती व्यवस्थाका विरुद्ध आन्दोलन चर्केपछि २०३७ सालमा राष्ट्रिय जनमत संग्रह गरिएको थियो । जनमत संग्रहमा कुल मतदाता संख्या ७१ लाख ९२ हजार ४५१ रहेको थियो ।

२०४६ सालमा देशमा प्रजातन्त्र पुनःस्थापन भएपछि २०४८ सालमा आम निर्वाचन भएको थियो । उक्त निर्वाचनमा १ करोड ११ लाख ९१ हजार ७७७ मतदाता रहेका थिए ।

नेपालमा पहिलो स्थानीय निर्वाचन २०४९ सालमा भएको थियो । सो निर्वाचनमा कूल मतदाता  १ करोड २० लाख रहेका थिए ।

तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले संसद विघटन गरेपछि २०५१ सालमा मध्यावधि निर्वाचन भएको थियो । मध्यावधि निर्वाचनमा कूल मतदाताको संख्या १ करोड २३ लाख २७ हजार ३२९ रहेको थियो ।

२०५४ सालमा नेपालमा स्थानीय निर्वाचन भएको थियो । दुई चरणमा भएको उक्त निर्वाचनमा कूल मतदाता संख्या १ करोड २५ लाख ३८ हजार २७३ रहेको थियो । त्यसपछि २०५६ सालमा आम निर्वाचन भएको थियो । निर्वाचन आयोगका अनुसार सो निर्वाचनमा १ करोड ३५ लाख १८ हजार ८३९ मतदाता रहेका थिए ।

२०६४ सालमा संविधान सभा सदस्य निर्वाचन गरिएको थियो । संविधान सभा सदस्य निर्वाचनमा कुल मतदाता १ करोड ७६ लाख ११ हजार ८३२ रहेका थिए ।

पहिलो संविधान सभाले संविधान जारी गर्न नसकेपछि २०७० सालमा संविधान सभाको लागि दोस्रो निर्वाचन भएको थियो । संविधान सभाको दोस्रो निर्वाचनमा कुल मतदाताको सङ्ख्या १ करोड २१ लाख ४७ हजार ८६५ रहेको थियो ।

दोस्रो संविधान सभाले २०७३ असोज ३ गते नयाँ संविधान जारी गरेपछि २०७४ सालमा तीन चरणमा स्थानीय निर्वाचन गरिएको थियो । स्थानीय तह निर्वाचन, २०७४ मा कुल मतदाता १ करोड ४० लाख ७२ हजार ४२४ रहेका थिए ।

२०७४ सालमा नै एकसाथ प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन गरिएको थियो । सो निर्वाचनमा कुल मतदाता संख्या १ करोड ५४ लाख २७ हजार ९३८ रहेको थियो ।

त्यसपछि २०७९ वैशाख ३० गते स्थानीय निर्वाचन भएको थियो । गत वैशाखमा भएको उक्त निर्वाचनमा कुल मतदाता १ करोड ७७ लाख ३३ हजार ७२३ जना रहेका थिए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np