Global Force Media

२०८० चैत्र १६ - Fri Mar, 2024 -

परिनीतिसँगै रनवीर सिंहले पनि छोडे यशराज फिल्म

परिनीतिसँगै रनवीर सिंहले पनि छोडे यशराज फिल्म

मुम्बई – यशराज फिल्म फिल्म निर्माण कम्पनी मात्र होइन यसले वितरण र कलाकारको काम पनि हेर्छ । यशराज ट्यालेन्टको नाममा यसले आफूले मौका दिएका कलाकारको काम हेर्छ । यसमा यशराज ब्यानर बाहिरका फिल्म पछि पर्छन् ।

केही दिनअघि मात्र अभिनेत्री परिनीति चोपडाले यशराज फिल्मको यो ट्यालेन्ट म्यानेजमेन्ट गर्ने एजेन्सीबाट छुट्टिने निर्णय गरेको समाचार आएका थिए । उनले यशराजको ट्यालेन्ट म्यानेजमेन्टबाट बिदा लिँदै नयाँ एजेन्सीसँग काम चाहेका छन् ।  उनले यसका लागि बाँकी दुई तीनवटा एजेन्सीसँग कुरा गरिरहेका छन् ।

रनवीरले यशराज फिल्मकै ‘ब्यान्ड बाजा बारात’बाट बलिउड फिल्मको यात्रा सुरु गरेका थिए । फिल्मको कुनै पृष्ठभूमि नभएका रनवीर स्टार बन्ने पछिल्लो पुस्ताका एक मात्र अभिनेता हुन् । उनले यशराज फिल्मका आधा दर्जन हाराहारी फिल्म गरेका छन् । रनवीरले आदित्य चोपडाको निर्देशनमा बनेको पछिल्लो फिल्म ‘बेफिक्रे’मा अभिनय गरेका थिए । पर्याप्त चर्चाका बावजुद फिल्म फ्लप भएको थियो ।

आफूलाई ब्रेक दिएका कारण यशराज फिल्मप्रति अनग्रहित रहेको रनवीरले बेलाबखत बताउने गरेका छन् । ट्यालेन्ट एजेन्सी छाडे पनि रनवीर आदित्य चोपडाबीच कुरा भइरहेको समाचारमा जनाइएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np