Global Force Media

२०८३ श्रावण ४ - Mon Jul, 2026 -

विपक्षी मोर्चालाई कसिलो बनाउने माओवादी रणनीति

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले विपक्षी दलहरूको मोर्चाबन्दीलाई कसिलो बनाउन प्रयास गर्ने भएको छ ।

संघीय संसदको वर्षे अधिवेशनको पूर्वसन्ध्यामा बसेको माओवादी संसदीय दलको बैठकले यस्तो नीति अवलम्बन गर्ने निचोड निकालेको हो ।

यसअघि पनि संसदमा विपक्षी दलहरू विषयका आधारमा एकतावद्ध भएर प्रस्तुत भएका थिए । सत्तापक्षले विपक्षी दललाई फाटोमा राख्न प्रयास गर्न सक्ने तर फेरि पनि आफूहरु सरकारको कामकारबाही र बजेटका विषयमा एक भएर प्रस्तुत हुनुपर्छ भन्नेमा रहेको माओवादी नेताहरू बताउँछन् ।

बिहीबारको संसदीय दलको बैठकले संसदीय गतिविधिका विषयमा विपक्षी दलहरूसँग संवाद गर्ने निर्णय पनि गरेको छ ।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार विपक्षी दलहरूसँग छलफल गरेरै संसदीय गतिविधिहरूका विषयमा साझा धारणा बनाइनेछ ।

‘… प्रमुख प्रतिपक्षी दलको तर्फबाट अरु प्रतिपक्षी दलहरूसँग पनि सहकार्य गर्ने, छलफल गर्ने र उहाँहरू (सत्तापक्ष)सँग पनि समस्याहरू समाधान गर्नका लागि छलफल गर्नुपर्ने हुन्छ’ पाण्डेले भने ।

शिक्षकहरू सडक आन्दोलनमा रहेकाले उनीहरूको माग सम्बोधन गर्नका लागि समेत सरकारलाई दबाब दिनका लागि विपक्षी दलहरूका बीचमा छलफल गरिने उनले बताए ।

निजामती विधेयक अगाडि बढाउन समेत पहल लिने माओवादीको निर्णय छ ।

यस्तै, नीति तथा कार्यक्रम र बजेट जनताको पक्षमा आउनुपर्ने यस निम्ति पहल गर्ने पनि माओवादी संसदीय दलको निर्णय छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np