Global Force Media

२०८१ बैशाख १४ - Fri Apr, 2024 -

थापाथलीकाे सुकुम्बासी बस्तीमा तनाव, महानगरविरुद्ध नाराबाजीसहित टायर बालेर प्रदर्शन

थापाथलीकाे सुकुम्बासी बस्तीमा तनाव, महानगरविरुद्ध नाराबाजीसहित टायर बालेर प्रदर्शन

काठमाडौं- काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउने काममा अवरोध भएको छ ।

काठमाडौं महानगरपालिकाले अनाधिकृत रूपमा बनाइएका भौतिक संरचनाहरू हटाउने अभियान अन्तर्गत सोमबार दिउँसोबाट सो बस्तीमा डोजर चलाउन सुरु गरेको हो । तर, सो बस्तीमा मानिसहरूले भने डोजर चलाउने काममा अवरोध गर्दै काठमाडौं महानगरपालिकाविरुद्ध चर्का नाराबाजीसहित टायर बालेर प्रदर्शन गरिरहेका छन् । डोजरको प्रतिकार गर्न इट्टासमेत प्रहार भइरहेको छ ।

अहिले पनि त्यस क्षेत्र तनावग्रस्त छ । सुकुम्बासीहरूले डोजरको प्रतिकार गर्न प्रदर्शनलाई निरन्तरता दिएका हुन् ।

काठमाडौं महानगरपालिकाले यसअघि नै ३५ दिने सूचना जारी गर्दै त्यहाँको बस्तीमा बनाइएको टहरा हटाउन निर्देशन दिएको थियो । यता, सुकुम्बासीहरूले भने विकल्प नदिई आफूहरू सो बस्तीबाट नहट्ने जिकिर गरिरहेका छन् । उनीहरूले डोजर चलाउने डरले आफूहरूको सामान भने बाहिर निकाल्ने कामलाई पनि एकसाथ अघि बढाएका छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np