Global Force Media

२०८१ बैशाख १३ - Thu Apr, 2024 -

सुकुम्बासीको घरटहरा हटाउन लागेकोमा ऊर्जामन्त्री भुसालको आपत्ति

सुकुम्बासीको घरटहरा हटाउन लागेकोमा ऊर्जामन्त्री भुसालको आपत्ति

काठमाडौं । एकीकृत बागमती सभ्यता विकास समितिले थापाथलीस्थित सुकुम्बासी बस्तीका घरटहरा हटाउन लागेकोमा ऊर्जामन्त्री पम्फा भुसालले आपत्ति जनाएकी छन् । उनले भूमि आयोगले काम गरिरहेका बेला सुकुम्बासीमाथि बल प्रयोग गर्नु उपयुक्त नहुने भन्दै दीर्घकालीन रूपमा समस्या समाधान गरिनुपर्ने धारणा व्यक्त गरेकी छन् ।

निर्वाचनअघि १० दिने सूचना जारी गर्दै समितिले दिइएको समयावधिभित्र घरटहरा नहटाए आफैँले खाली गर्ने सूचना जारी गरेको थियो । तर, निर्वाचनअघि मतदाता रुष्ट हुने भन्दै सो कार्य थाती राखिएको थियो ।

सोमबार दिउँसो सुकुम्बासीको घरटहरा गर्न गएकामाथि सुकुम्बासीले आक्रमण गरेका छन् । कुनै विकल्प नदिई घरटहरा हटाउन लागेको भन्दै सुकुम्बासीहरूले करिडोर र प्रसूतिगृह छेउमा सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरूले घरटहरा खाली गर्न आउने सुरक्षाकर्मीमाथि घरेलु हतियारले आक्रमण गरेका छन् । जसबाट काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेसहित एक दर्जन सुरक्षाकर्मी घाइते भएका छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np