Global Force Media

२०८१ बैशाख १३ - Thu Apr, 2024 -

धनगढीमा २४ घण्टे निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा निषेधाज्ञा जारी गरेको छ । बिहीबार साँझ ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्मका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।

बिहीबार धनगढीमा ग्रेडरले कुल्चिएर पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा चेतना साउँदको मृत्यु भएपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । विद्यार्थीहरूले आन्दोलन गर्दै धनगढी–स्याउले सडक अवरुद्ध गर्नुका साथै सडकमा टायर बाल्दै जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् । सो अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको आदेशमा उल्लेख गरिएको छ,–‘जिल्ला बैतडी डिलासैनी गाउँपालिका वडा नं. ६ बस्ने गणेश साउदकी छोरी वर्ष १५ की चेतना साउँद हाल यस जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. ५ स्थित पञ्चोदय मा.वि. हसनपुर कक्षा ८ मा अध्ययनरत छात्राको मिति २०७९÷०८÷१५ गते बिहान १०ः१५ बजे विद्यालय जाने क्रममा धनगढी उपमहानगरपालिका वडा नं. ५ स्थित पिपल चौतारा दोबाटोमा सडक निर्माणको क्रममा ग्रेडरबाट दुर्घटना हुँदा मृत्यु भई उक्त घटना पश्चात् सृजना भएको परिस्थितिलाई मध्यनजर गर्दै हुन सक्ने अराजक गतिविधिहरूलाई नियन्त्रण गरी सर्वसाधारण नागरिकहरूको जनधनको सुरक्षा र सरकारी सम्पत्तिको संरक्षण गरी शान्ति सुव्यवस्था कायम गर्न आवश्यक देखिएकोले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम यस जिल्लाको तपसिलका क्षेत्र र समयमा ५ जनाभन्दा बढी व्यक्तिहरू आवतजावत गर्न, भेला, प्रदर्शन, घुमफिर गर्न, सवारी साधन चलाउन जिल्ला सुरक्षा समिति कैलालीको मिति २०७९।०८।१५ गतेको निर्णयअनुसार निषेध गरिएको छ। यस आदेशको उल्लङ्घन गरेमा कानुन बमोजिम कारबाही हुने ब्यहोरा सम्बन्धित सबै सर्वसाधारणको जानकारीका लागि सूचित गरिएको छ ।’

धनगढीको हसनपुर पिपलचौतारा नजिकको सडकमा पानी पिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा कुल्चिएर साउँदको मृत्यु भएको थियो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साउँदको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np