Global Force Media

२०८१ बैशाख १४ - Fri Apr, 2024 -

विश्वकपमा अर्जेन्टिनाको उत्कृष्ट पुनरागमन, पुरानै लयमा फर्किएको दाबी

विश्वकपमा अर्जेन्टिनाको उत्कृष्ट पुनरागमन, पुरानै लयमा फर्किएको दाबी

कतारमा जारी फिफा विश्वकप २०२२ मा धेरै उतारचढावहरु आइसकेका छन्। पूर्व च्याम्पियन टोलीले आफ्नो पहिलो खेल आफैं हारे।

यी मध्ये एक टोली अर्जेन्टिना थियो।

अर्जेन्टिना टोली पहिलो खेलमा साउदी अरेबियासँग पराजित भएको थियो।

तर यसपछि खराब फर्मलाई पछाडि छाड्दै अर्जेन्टिना प्रि-क्वार्टरफाइनलमा मात्रै पुगेन, समूहको शीर्ष स्थानमा पनि उक्लिएको थियो।

अन्तिम खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई २–० ले हराएको थियो। अर्जेन्टिना ६ अंकसहित समूहको शीर्ष स्थानमा रह्यो।

चार अंकसहित पोल्याण्डको टोली दोस्रो र त्यति नै अंक जोडेको मेक्सिकोको टोली तेस्रो बन्यो। तर गोल अन्तरका कारण मेक्सिकोको टोली पछि पर्‍यो र विश्वकपबाट बाहिरिएको थियो।

पहिलो खेलमा साउदी अरेबियासँग पराजित भएपछि पूर्व च्याम्पियन अर्जेन्टिनाको टोलीले चारैतिरबाट आलोचनाको सामना गर्नुपरेको थियो

त्यतिबेला अर्जेन्टिना विश्वकपबाट समूह चरणबाटै बाहिरिने खतरा थियो। अर्जेन्टिनाको दोस्रो खेल मेक्सिकोसँग थियो र यो खेल उनको लागि निकै महत्वपूर्ण थियो।

तरअर्जेन्टिनाका कप्तान लिओनल मेसीले मेक्सिकोविरुद्धको खेलमा महत्वपूर्ण भूमिका खेल्दै आफ्नो टोलीको अभियानलाई ट्रयाकमा ल्याए।

मेक्सिकोविरुद्धको जितले अर्जेन्टिनाको टोलीमा उत्साह थपियो।

पोल्याण्डविरुद्धको खेलमा जितले अर्जेन्टिनालाई प्रि-क्वार्टरफाइनलमा पुर्‍याउने थियो र ठ्याक्कै त्यस्तै भयो।

जे होस्, अर्जेन्टिनाको टोलीले पुरै खेलमा आफ्नो दबदबा देखायो।

मेसीले पहिलो हाफमा नै पेनाल्टीबाट गोल गर्ने मौका पाए पनि त्यसो हुन सकेन। मेसीको प्रहार पोल्याण्डका गोलकिपरले रोकेपछि अर्जेन्टिनाको क्याम्पमा निराशा छाएको थियो।

दोस्रो हाफमा एलेक्सिस म्याकअलिस्टरले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए भने ६७ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २–० को अग्रता दिलाएका थिए।

विज्ञहरूले पोल्याण्डविरुद्धको खेलमा अर्जेन्टिनाको प्रदर्शनलाई यस विश्वकपमा अहिलेसम्मकै उत्कृष्ट भनेका छन्।

अर्जेन्टिनाले साउदी अरेबियासँगको हारलाई पछाडि छोड्दै पहिले मेक्सिकोलाई पराजित गरेको थियो भने त्यसपछि पोल्याण्डलाई पनि हराएको थियो। अर्जेन्टिनाको यो जितमा कप्तान मेसीको भूमिका पनि प्रभावकारी रह्यो।

पोल्याण्डविरुद्धको खेलमा मेसीले पेनाल्टी मिस गरे पनि मैदानमा उनको प्रदर्शन हेर्नलायक थियो।

यो खेलमा अर्जेन्टिनाले आफूलाई विश्वकै उत्कृष्ट टोलीमध्ये एक मानिने कारण पनि देखाएको छ।

अर्जेन्टिनाको टोलीको सुरुआत सुस्त भए पनि विज्ञहरुको विश्वास गर्ने हो भने टोली ठिक समयमा फर्ममा आएको छ।

अब अर्जेन्टिनाले प्रि-क्वार्टरफाइनलमा अष्ट्रेलियाको सामना गर्नेछ।

बीबीसीका प्रमुख फुटबल लेखक फिल म्याकनल्टीले लेखेका छन्– यो एक रात थियो जब वास्तविक अर्जेन्टिना खडा भएको थियो। लगातार ३६ अन्तर्राष्ट्रिय खेल जितेको अर्जेन्टिनाले साउदी अरेबियासँग हार बेहोरेको थियो । तर, पोल्याण्डविरुद्धको खेलमा फेरि एकपटक पुरानो अर्जेन्टिनाको टिम देखियो।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np