Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

अबको आन्दोलन पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म यातायात बन्द गर्ने- दुर्गा प्रसाईं

काठमाडौं, । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले अबको आन्दोलनमा पूर्व मेचीदेखि पश्चिममा महाकालीसम्म यातायात बन्द गराउने बताएका छन् । आज आइतबार राजधानीमा सम्पादकहरुसँग अन्तर्क्रिया गर्दै उनले अबको आन्दोलन सफल भएर नै छाड्ने बताए । आफूहरुले सुरु गरेको आन्दोलन सफल नभएको खण्डमा देशबाट ५० लाख मान्छे विस्तापित हुने अवस्थामा रहेको बताए ।

‘पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हामी यातायात बन्द नै गर्छौं । व्यापार–व्यवसाय बन्द नै हुन्छ । अब पनि यो आन्दोलन सफल भएन र नेपालीको हातमा र नेपालको माटो सुहाउँदो, नेपालीहरुले जितेनन् भने अब ५० लाख मान्छेहरु विस्तापित हुँदैछन् यो देशबाट । भुगोल रहला, तर नेपाली नागरिक रहँदैनन्,’– उनले भने ।

उनले व्यवस्था परिवर्तन गर्नका लागि सबै जना लाग्नुपर्ने बताए । आफूहरुले आन्दोलनको मिति अबको ५र७ दिनपछि तोक्ने बताए । आफूहरुको आन्दोलन शान्तिपूर्ण हुने पनि उनले बताए । अबको आन्दोलन नेपाल र नेपाली जोगाउनका लागि रहेको उनको दाबी छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np