Global Force Media

२०८१ भाद्र ३१ - Mon Sep, 2024 -

कसले राख्यो गोकुल बास्कोटाको घर अगाडि शंकास्पद वस्तु ?

१८ मंसिर, काठमाडौं । नेकपा एमालेका नेता एवं काभ्रे २ बाट नवनिर्वाचित सांसद गोकुल बास्कोटाको भक्तपुरस्थित घर अगाडि भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ ।

प्रेसर कुकरमा शंकास्पद देखिने गरी राखिएको वस्तु सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी परिसर, भक्तपुरका एसपी प्रजित केसीले बताए । कुकरमा विस्फोटक पदार्थ चाहिं नभएको नेपाली सेनाका सहायक रथी नारायण सिलवालले बताए ।

सिलवालका अनुसार शंकास्पद वस्तुसँगै नेपालको राष्ट्रिय झण्डा र केही पर्चाहरु पनि भेटिएका छन् । प्रहरीका अनुसार एउटा पर्चामा कार्य मोर्चाको नाममा ‘उपत्यकाका ठूला नेताहरुलाई बाहिर भगाऔं’ उल्लेख गरिएको छ ।

‘तर्साउन मात्रै खोजिए जस्तो देखिन्छ, कसले राखेको हो भन्ने विषयमा अनुसन्धान गरिरहेका छौं’, केसी भन्छन् । बास्कोटाको यही घर निर्माणाधीन भएका बेला २०७६ फागुनमा पनि विस्फोट भएको थियो ।

त्यतिबेला नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले घटनाको जिम्मेवारी लिएको थियो ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np