टेस्ट क्रिकेट : इङ्ग्ल्यान्डले पाकिस्तानलाई २२ वर्षपछि उसकै भूमिमा हरायाे
काठमाण्डाै – पाकिस्तानसँगकाे पहिलाे टेस्ट क्रिकेट इङ्ग्ल्यान्डले जितेकाे छ । १७ वर्षपछि पाकिस्तान पुगेकाे इङ्ग्ल्यान्डले रावलपिन्डीमा घरेलु टाेलीलाई ७४ रनले हराउँदै तीन खेलकाे शृङ्खलामा एक–शून्यकाे अग्रता लिएकाे छ ।
इङ्ग्ल्यान्डले दिएकाे तीन सय ४२ रनकाे लक्ष्य पछ्याएकाे पाकिस्तान दुई सय ६८ रन बनाउँदा अलआउट भयाे । पाकिस्तानका लागि सउद सकीलले ७६, इमाम उल हकले ४८, माेहम्मद रिजवानले ४६ र अजहर अलीले ४० रन बनाए । बलिङतर्फ इङ्ग्ल्यान्डका ओली राेबिनसन र जेम्स एन्डरसनले चार–चार विकेट लिए ।
पहिलाे पारीमा इङ्ग्ल्यान्डले छ सय ५७ रन बनाएकाे थियाे । इङ्ग्ल्यान्डका लागि ज्याक क्रली, बेन डकेट, ओली पाेप र ह्यारी ब्रुकले शतक बनाएका थिए । इङ्ग्ल्यान्डले पहिलाे दिन नै पाँच सय छ रन बनाउँदै एक सय १२ वर्ष पुरानाे कीर्तिमान ताेडेकाे थियाे । बलिङतर्फ पाकिस्तानका जहिद महम्मुदले चार र नसीम शाहले तीन विकेट लिएका थिए । यस्तै पाकिस्तानले पहिलाे पारीमा पाँच सय ७९ रन बनाएकाे थियाे । पाकिस्तानका लागि अब्दुल्लाह शफिक, इमाम उल हक र बाबर आजमले शतक बनाएका थिए । बलिङतर्फ इङ्ग्ल्यान्डका विक ज्याक्सले छ विकेट लिएका थिए ।
पहिलाे पारीमा ७८ रनकाे अग्रता बनाएकाे इङ्ग्ल्यान्डले दाेस्राे पारीमा सात विकेट गुमाएर दुई सय ६४ रन बनाउँदै पारी समाप्तिकाे घाेषणा गर्दा पाकिस्तानले तीन सय ४२ रनकाे लक्ष्य पाएकाे थियाे ।
याेसँगै इङ्ग्ल्यान्डले २२ वर्षपछि पाकिस्तानमा टेस्ट क्रिकेट जितेकाे हाे । यसअघि सन् २००० काे डिसेम्बरमा कराचीमा भएकाे टेस्ट क्रिकेट इङ्ग्ल्यान्डले छ विकेटले जितेकाे थियाे । याेसँगै इङ्ग्ल्यान्डले पाकिस्तानमा भएकाे टेस्ट क्रिकेटमा जित सङ्ख्या तीन पुर्याएकाे छ ।
अहिलेसम्म पाकिस्तान र इङ्ग्ल्यान्डबीच पाकिस्तानमा २३ वटा टेस्ट क्रिकेट खेलेका छन् । यसमा पाकिस्तानले चार र इङ्ग्ल्यान्डले तीन टेस्ट जितेकाे छ । बाँकी १६ वटा टेस्ट बराबरीमा सकिएकाे छ ।