Global Force Media

२०८१ चैत्र १२ - Tue Mar, 2025 -

मन्त्रिपरिषदको निर्णय २४ घण्टासम्म गोप्य राखिने, सरकारको प्रवक्तामा गुरुङ

काठमाडाैं । सरकारले मन्त्रिपरिषदको निर्णय २४ घण्टासम्म गोप्य राख्ने अभ्यासलाई फेरि सुरु गर्ने भएको छ । त्यस्तै, सरकारको प्रवक्तामा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ तोकिएका छन् ।

आज बसेको मन्त्रिपरिषदका निर्णयहरु गुरुङले पत्रकारहरुलाई जानकारी गराए । तर, अब आइन्दाका वैठकको तत्कालै जानकारी नगराइने उनले बताए ।

‘मन्त्रीपरिषदको निर्णय परिपक्व हुन २४ घन्टा लाग्छ । २४ घन्टाभित्र निर्णयहरु गोप्य राख्नुपर्ने प्रावधान उल्लंघन भइरहेको रहेछ । तर, अब देखि हामी २४ घन्टापछि मात्रै निर्णय सार्वजनिक गर्छौं,’ उनले भने ।

बैठकको भोलिपल्ट मन्त्री गुरुङले पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गर्ने भएका छन् । सार्वजनिक महत्वका र अत्यावश्यक निर्णय तत्काल जानकारी गराउनुपर्नेमा छलफल गरेर जानकारी गराउने उनले बताए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np