Global Force Media

२०८१ बैशाख १३ - Thu Apr, 2024 -

सर्वोच्चले भन्याे : महासचिव गौतमले पठाएको पत्र कार्यान्वयन नगर्नू [पूर्णपाठसहित]

काठमाडौँ– सर्वोच्च अदालतले संसद् सचिवालयका महासचिव भरतराज गौतमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले खेपिरहेको महाअभियोग निष्प्रभावी भयो भनेर जारी गरेको पत्र तत्काल कार्यान्वयन नगर्न अन्तरिमआदेश दिएको छ ।

सर्वोच्च अदालतको शुक्रबार बसेको संवैधानिक इजलासले महासचिव गौतमलाई यस्तो पत्र लेख्ने अधिकार नभएको भन्दै कार्यान्वयन नगर्न आदेश दिएको हो ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वभरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र अनिल सिन्हाको इजलासले महासचिव गौतमले लेखेको पत्र बदर गर्न माग गरिएको रिटमा अन्तरिम आदेश दिएको हो ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np