Global Force Media

२०८३ बैशाख ३ - Thu Apr, 2026 -

गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु नै बुद्धिमानी: डा. सुनिल शर्मा

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु नै बुद्धिमानी हुने टिप्पणी गरेका छन् ।

मङ्गलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद शर्माले संसदमै स्वतन्त्र छानबिनको माग उठेको उल्लेख गर्दै गृहमन्त्री लेखकले मार्ग प्रशस्त गर्नु नै बुद्धिमानी हुने बताएका हुन् । उनले पार्टी पदाधिकारी बैठकले गरेको निर्णय स्वागतयोग्य भएपनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने आफूहरूको तर्क कायमै रहेको जिकिर गरे । बजेट भाषणअघि गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने समेत उनको भनाइ छ ।

उनले भने, ‘पार्टीका शीर्ष नेताहरूले गरेका निर्णयहरू हामीले स्वागत गर्नुपर्छ । यद्यपि हाम्रो व्यक्तिगत धारणाहरू हिजो जे बोलेको त्यो कायम छ । स्वतन्त्र छानबिनको विषयमा सदनमै कुरा उठिरहेको छ । मलाई लाग्छ बेलुकासम्म केही आउला । नआए दुई–चार दिनभित्र आउला किनभने १५ गते बजेट भाषण छ । बुद्धिमानी कुरा र नैतिकवान कुरा चाहीँ राजीनामा दिनु नै हुन्छ ।’

राजनीतिमा नैतिकता प्रदर्शन गर्ने कुरा स्वयं नेतामा भर पर्ने भएको कारण अहिलेको अवस्थामा गृहमन्त्रीले मार्ग प्रशस्त गर्नु नै नैतिकवान र बुद्धिमानी निर्णय हुने सांसद शर्माले दोहोर्याए ।

 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np